Logo

५ कात्तिक,वीरगञ्ज । बडा दशैंको आज आठौँ दिन । अर्थात् आज महाअष्टमी । महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइदै छ ।
यो दिन शास्त्रमा बताइए अनुसार दशैं घर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आज मधेशका विभिन्न मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ ।


खासगरी पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।
आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा गर्ने गर्दछन् ।
यो वर्ष गहवाइमाई मन्दिरमा १० हजार भन्दा बढी बलि दिइएको छ ।

बिहान ८ बजेदेखि सुरु भएको बलिमा दिउसो १ बजेसम्ममा १० हजार भन्दा बढी बलि दिइएको मन्दिर समितिले जनाएको छ ।मन्दिर समितिका अनुसार अहिलेसम्म १० हजार खसी, १ हजार हाँस र मुर्गा, ६ सय परेवाको बलि दिइएको छ ।गहवामाइ मन्दिरमा बलि चढाउनको लागी बारा, पर्सा, रौतहट तथा भारतका मानिषहरु आउने गरेका छन् ।
यो वर्षको बलिमा कमी आएको मन्दिर समितिको आंकलन छ ।


सम्बन्धित समाचार