Logo

६ कात्तिक,जनकपुर ।जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा विगत वर्ष झैँ यस वर्ष पनि १५ हजार भन्दा बढी बोकाको बलि प्रदान गरिएको छ ।
महाअष्टमीको अवसरमा राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बलि प्रदान गरिएको हो । राति ८ बजेर २० मिनेटमा सुरु भएको बोका बलि प्रदान कार्यक्रम सोमबार बिहान ४ बजेसम्म चलेको थियो ।

यस वर्ष गुठी संस्थान जनकपुरले बोका बलि प्रदानका लागि प्रतिबोका २ सय रुपैयाँका दरले लिएको थियो ।


सम्बन्धित समाचार