Logo

६ कात्तिक,वीरगञ्ज । रक्सी सेवन गरेर प्रहरीसंग अभद्र व्यवहार गरेपछि वीरगञ्जका एक जना वडाअध्यक्ष नै प्रहरी हिरासतमा १२ घण्टा बसेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जन जाँडरक्सी सेवन गरेर होहल्ला गर्दै थिए । प्रहरीका अनुसार त्यसपछि वडाअध्यक्ष महर्जनले स्थानीयसंग पनि अभद्र व्यवहार गर्न थाले ।

वडाअध्यक्ष महर्जनको व्यवहार अति भएपछि स्थानीयले प्रहरीलाई गुहारेको थियो । वडाअध्यक्ष महर्जनलाई सम्झाउन पुगेको प्रहरीसंग पनि त्यहीँ अभद्र व्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।

पर्सा प्रहरीका अनुसार उनलाई रातीको करिब १० /११ बजे तिर नियन्त्रणमा लिइएको थियो । वडाअध्यक्ष महर्जन मेडिकल गराउँदा उनी अत्याधिक रक्सी सेवन गरेको पाइएको थियो ।

त्यसपछि रातभरि उनलाई प्रहरी नियन्त्रणमा राखिएको र विहान १० बजेतिर आफन्तको जिम्मा सम्झाइबmुभाइ छाडिएको पर्सा प्रहरीले जनाएको छ ।

करिब १२ घण्टा पछाडि अर्था्त सोमबार विहान मात्रै वडाअध्यक्ष महर्जनलाई छाडिएको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार