Logo

६ कात्तिक,वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुग्टाले बिराट दंगल ‘कुश्ती’ मेलाको उद्घाटन गरेका छन् ।

वीरगञ्जको नगवामा रहेको बौधीमाइ मन्दिर क्षेत्र विकास संचालक समितिद्वारा आयोजीत महानवमी मेला तथा विराट कुस्ती दंगल प्रतियोगिता २०८० को कांग्रेस केन्द्रीय सदस्य रुंग्टाले उद्घाटन गरेका हुन् ।

वीरगञ्ज वडा नम्बर १६ नगवामा आयोजित महानवमी मेलाको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य रुंग्टाले कुस्ती खेलका माध्यमले खेलाडीहरु नेपालको नाम विश्वसामु चिनाउन सफल भएको बताए ।

उनका अनुसार जसकाकारण नेपालीहरुको शिर उच्च भएको छ ।
यसैगरी खेलको माध्यमले नेपाली मनको शान बढाइ राख्नमा भुीमका निर्वाह उनले आग्रह गरे । त्यसका लागि खेलाडीहरुलाई चाहिने आवश्यक सबैखाले सहयोग गर्न आफू तयार रहेको उनले बताए ।

मेलाको समुदघाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस क्षेत्रीय सभापतिहरु मोहम्मद साहबुदिन,युवा नेता सन्तोष सिंह, हरिन्द्र यादव, लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार