Logo

६ कात्तिक,बारा । बाराको कोल्हबीमा नहरमा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका वडा नं.१ खैरा बस्ने दिपक खनालका २२ बर्षिय छोरा दिपेश खनाल रहेका छन् ।

नहरमा साथीहरुसँग नुहाउँने क्रममा दिपेशको हिजो आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

काठमाडौँमा बस्दै आएका दिपेश दशै मनाउँन घर आएका थिए । शबलाई पोस्टमार्डमकोलागि बिरगंज स्थित नारायणी अस्पताल पठाईएको छ ।


सम्बन्धित समाचार