Logo

७ कात्तिक,वीरगञ्ज । बडा दशैंको आज दशौं दिन । अर्था्त विजया दशमी । आफन्त तथा मान्यजनको हातबाट आज नवदुर्गाको प्रसादका रूपमा रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ ।

बिहान ११ बजेर २ मिटेको शुभ साइतमा घरघरमा आफन्तजनको हातबाट टीकाजमरा लगाइएको हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

गुरू पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट क्षमता वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यही अवसरमा सुरक्षा निकायमा पनि बडा दशैंको टीकाजमरा लगाइएको छ । बिदा नपाएका सुरक्षाकर्मी तथा निजामती कर्मचारीहरुले भने कार्यालयको प्रमुख वा ठूलाबडाबाट टीकाजमरा लगाएका छन् ।

पर्साको जिल्ला प्रशासन कार्यालयमा भव्यताका साथ टीकाजमरा लगाइएको छ । सिडिओ हिरालाल रेगमीले आफ्नो मातहत कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई टिकाजमरा लगाइदिएका छन् ।

सिडिओ रेग्मीले शुभ साइतमै कार्यालयका कर्मचारी र सुरक्षाकर्मीलाई टिकाजमरा लगाइदिएर आर्शीवाद दिएका हुन् । सिडिओ रेग्मी भने आफै भने पुरोहितबाट टिकाजमरा थापेको जनाएका छन् ।


सम्बन्धित समाचार