Logo

८ कात्तिक, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्चको अमलेखगन्ज हात्तीसारमा रहेको एक मात्र हात्ती गौरीकलीको मृत्यु भएको छ ।

६९ वर्षिया गौरीकलीको मृत्यु भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोषकुमार भगतका अनुसार गौरीकली घटस्थापनाको दिन अशक्त भई लडेयता उठन सकेको थिएन । वृद्धावस्था र अशक्तताको कारण उसको मृत्यु भएको भगतले बताउनुभयो ।

नौ दिन देखि उठ्न नसकेको गौरीकलीले आहाराको रुपमा पानी र घाँस मात्र खाई रहेको थियो । मृत्यपछि निकुञ्जकै पशु चिकित्सकले पोष्टमार्टम गरेपछि सोमबार साँझ नै हात्तीसार परिसरमै धार्मिक विधिसहित गौरीकलीको खाल्डो खनेर सदगत गरिएको थियो ।

भगतका अनुसार, निकुञ्जको रेकर्डले सन् १९५४ मा भारतमा जन्मिएकी गौरीकली सन् १९८४ मा अमलेखगन्ज हात्तीसारमा ल्याइएको थिए । गौरीकलीको मृत्यु भएपछि अब अमलेखगन्ज हात्तीसार हात्तीविहिन भएको छ ।

 


सम्बन्धित समाचार