Logo

८ कात्तिक,वीरगञ्ज । वीरगञ्ज वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनले नगवा प्रहरी चौकिका ईन्र्चाज रविन्द्र साह तुरहाले आफुमाथि माथि संघातिक आक्रमण गरेको आरोप लगाएका छन । कार्तिक ५ गते अष्टमीका दिन राती ११ः३० बजे जागरण कार्यक्रम चलिरहेको बेला नगवाका सई तुरहाले आफुमाथि आँखा फुट्ने गरि आक्रमण गरेको बताए ।

उनले राती जागरण कार्यक्रमलाई बन्द गराउने बिषयमा छलफल भईरहदा कार्यक्रम हेरिरहेका युवकलाई एक्कासी उठाएर लैजान खोज्दा आफुले रोक्न खोज्दा सईले आँखा भुट्ने गरि आक्रमण गरेर रातभरि प्रहरी हिरासतमा राखेको बताए ।

सई तुरहा यस अघि पनि तिजको बेला कार्यक्रमकै बिषयलाई लिएर समान्य बिवाद भएको र सोही घटनाको रिसिवि साध्न सई तुहराले आक्रमण गरेको अध्यक्षले आरोप लगाए । जाँडरक्सी खाएर होहल्ला गर्ने कुरामा कुनै सत्यता नभएको र आफुलाई हिरासतमा राख्न प्रहरीले बहाना मात्र खोजेको अध्यक्ष महर्जनले बताए ।

उनले अष्टमीका राती साथीभाई संग खानपिन गरेर राती ८ बजे नै सुतिसकेको र राती १० बजे कार्यक्रम बन्द गराउने बिषयमा बिवाद हुदाँ टोलका युवाहरुले उठाएको बताए । उनले कार्यक्रम बन्द गराउन भनि सकेको र दुईवटा गित पछि कार्यक्रम बन्द गर्ने सहमति पनि भईसकेको अवस्थामा सई तुहराले जबरजस्ती एक युवालाई पक्राउ गरि लैजान खोज्दा आफुले बिरोध गर्दा आक्रमण गरेको बताए ।

उनले आफनो चरित्र हत्या गर्ने गरि जाडरक्सी खाएर होहल्ला गरेको समाचार प्रति गम्भिर ध्यानाकर्षण समेत भएको पत्रकार सम्मेलन मार्फत जनाएका थिए । उनले आफु माथि आक्रमण गर्ने सई तुरहामाथि कारवाही नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

यसैगरी वडा नम्बर २० को वडा अध्यक्ष रामकिसोर सिंह परागले रात्री बजारको सुरक्षा गर्ने प्रहरीले दशैंको बेला हुने जागरण कार्यक्रमलाई सुरक्षा दिन नसक्नु लाजमर्दो भएको बताए । उनले प्रहरीले बर्दीको दम्भ देखाएर वडा अध्यक्ष माथि आक्रमण गर्नु लोकतन्त्रको चिर हरण गर्नु सरह भएको बताए ।

राजनितिक प्रतिशोध साँध्न प्रहरीले बर्दीको दम्भ देखाएको भन्दै वडा अध्यक्ष सिंहले हिम्मत भए राजिनामा दिएर चुनाव लड्न चुनौती दिनुभयो । उनले सई माथि कारवाही नभए सम्पुण वीरगंज महानगर ठप्प पार्ने चेतावनी दिनुभयो ।


सम्बन्धित समाचार