Logo

९ कात्तिक,पोखरीया । नवदुर्गा पुजा समिति पोखरीयाको आयोजनामा बिराट दंगल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

मेला समितिका अध्यक्ष एवम् वडाध्यक्ष लछुमन साह कानुको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी र मेयर प्रधुम्न चौहानले गर्नुभएको थियो । कार्यक्रममा पूर्व मेयर दिपनारायण रौनियार,निजामोदिन समानी, शंकर यादव, ललन दिवेदी, वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथी सुरेन्द्र चौधरीले कुस्ती खेल पुर्वज देखि खेल्दै आएको खेल भएकोले यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खेलबाट देशको नाम उच्च रहने भएकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतियोगितामा टाइगर पहलवान, ठाकुर सैतान सिंह, गुन्डा चौधरी, नाकबपोस पहलवान दिल्ली, केशव दास बैरागी, मौसम अलि, महमद सलमान, भगवान दास, अयोध्या, सुमित साह, राज पहलवान, फजिल पहलवान, हजारी पहलवान नेपाल त्यस्तै महिलातर्फ आकांक्षा कुमारी, नम्रता, ज्योति लगायतले कुस्ती गरेका थिए ।


सम्बन्धित समाचार