Logo

१० कात्तिक,जनकपुर । जनकपुरधाममा बरामद युवकको शब पहिचान खुलेको छ ।

बिहिबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा धान खेतमा मृत अवस्थामा फेला शव बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार मृतकको पहिचान खुलेको हो ।
उनी जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराको अन्दाजी २५ वर्षिय छोरा रुपेश महरा रहेको जनाइएको छ ।

टाउको, मुख रत्ताम्य अवस्थामा उनी मृत अवस्थामा फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने धनुषा प्रहरीको अनुमान छ ।

शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यता यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार