Logo

१० कात्तिक, पर्सागढि ।सबैया साझेदारि वन क्षेत्रमा सालको रुख कटान गरि टुक्रा गर्दै गरेको अवस्थामा काठ सहित १ जना काठ तस्करलाई नियन्त्रणमा लिइएको छ । वन सुरक्षाकर्मीले तस्करीको काठ सहित उनलाई पक्राउ गरेको छ ।

सब डिभिजन वन कार्यालय बडनिहारका सुबेदार प्रदिप तिमल्सिनाको कमान्डमा खटेको वन गस्ती टोलीले वनमा सालको रुख कटान गरि टुक्रा पार्दै गरेको अवस्थामा चार थान सालको गोलिया सहित एकजनालाई पक्राउ गरेको हो ।

टोलीले वीरगञ्ज महानगरपालिका वडा न २९ बस्ने रामजित थारुको छोरा ४३ वर्षीय सुरेन्द्र प्रसाद गौरो थारुलाई पक्राउ गरेको हो । पक्राउ परेका थारुलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्ज पठाइएको र काठ तथा काठ काट्ने औजार सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको सुबेदार तिमल्सिनाले बताउनुभयो ।

काठ काट्ने अन्य तस्करहरु वनकर्मीलाई देख्नासाथ फरार भएकाले उनको खोजी कार्य भईरहेको सब डिभिजन वन कार्यालय बडनिहारले जनाएको छ ।


सम्बन्धित समाचार