Logo

१० कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मापदण्ड पूरा नगरी बनाइएका संरचनाहरुको नक्सा पास गर्ने कार्य पुनः शुरु गरेको छ ।महानगरपालिकाद्वारा जारी एक विज्ञप्तिमा मापदण्ड पुरा नगरी बनाइएका घरहरुको रोक्का रहेको नक्सा पासको कार्यलाई पुनः सुरु गरिएको जनाइएको छ ।

विज्ञप्तिमार्फत भनिएको छ,‘वीरगञ्ज महानगरभित्र ०७९ चैतसम्म बनेका संरचनाहरुको हकमा मापदण्ड नपुगेर बनाइएका भवनहरुको अभिलेखीकरण गरी नक्सा पास गर्ने कार्य रोक्का थियो, तर पुनः अभिलेखीकरण नक्सा पास गर्ने कार्य शुरु हुँदैछ ।

त्यसकारण यही चैत मसान्तसम्म घर धनीहरुले आफ्नो सम्पूर्ण कागजात पेश गर्न सूचना प्रकाशन गरिएको छ ।’हकमा अभिलेखिकरणको सूचना निकालेको छ ।


सम्बन्धित समाचार