१० कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक डाकिएको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा यहि कात्तिक १३ गते बैठक बस्ने जसपाले जनाएको छ । मधेस प्रदेशमा जसपाका प्रदेश सभाका समानुपातिक सदस्य बिन्दुकुमारी यादवको निधन भएपछि त्यो ठाउँ खाली भएको छ ।
पार्टीको बैठकले खाली भएको ठाउँमा कसलाई पठाउनेबारे छलफल गरी निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी पठाउने पार्टी स्रोतले जनाएको छ ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा बरियताक्रमअनुसार बिन्दुकुमारी यादवपछि संजिला यादवको नाम रहेको छ । सम्भवतः उनकै नाममा सहमति हुने बताइएको छ ।