Logo

११ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले रक्तसञ्चार केन्द्र वीरगञ्जमा वीरगञ्ज सहित पाँचवटा जिल्ला लगायत छिमेकी देश भारतका सीमावर्ती क्षेत्रका बिरामीहरुले पनि सेवा पाउने गरेको बताउनुभयो ।

तराई युवा सामुदायिक संस्था वीरगञ्जले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा रक्तदानको आयोजना गरेको रक्तदानको प्रमुख अतिथि वीरगञ्ज महानरपालिकाका पूर्व नगरप्रमुख बिजय कुमार सरावगीले उदघाटन गरेपछि सबैभन्दा ठूलो धर्म मानवताको रहेको बताउदै उहाँले रक्तदान गर्ने बेलामा को हिन्दु को मुस्लिम, को इसाई भन्ने कुरा नआउने भएपनि अन्य समयमा विभिन्न समुदाय र धर्मको नाममा राजनीतिक रोटी सेक्ने काम गरेको बताउनुभयो ।

उहाँले धर्म धर्ममा लडाउने प्रयास भईरहेकोले यसबाट सचेत रहनुपर्ने बताउनुभयो । मानव मानव कहिल्यै दुश्मन हुन नसक्ने जिकिर गर्दै एउटै उद्देश्य मानवताको धर्म भएको र त्यसकै लागि रक्तदान गर्ने गरिएको उल्लेख गर्नुभयो ।

जातीय भेदभाव, अन्धविश्वासमा जकडिएको समाजमा शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेकोले त्यसलाई बढाउन युवाहरुलाई आग्रह गर्नुभयो ।

कतिपयले अझै पनि आफ्नै परिवारका सदस्यहरुलाई आवश्यक पर्ने रगत पनि दिन नचाहने गरेको बताउदै पूर्व मेयर सवारवगीले यसको लागि जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एवं नेकपा एमाले मधेस प्रदेश समितिका उपाध्यक्ष विचारी यादव, नेकपा माओवादी केन्द्रका गजाधर पटेल लगायतको उपस्थिति रहेको थियो ।

तराई युवा सामुदायिक संस्था वीरगंजका अध्यक्ष राघव पटेलको अध्यक्षतामा भएको कार्यक्रममा एकजना महिला सहित ५४ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रतिमा पटेल, अनिल कुमार पटेल, रोशन कुमार पटेल, सागर पटेल, सरोज गुप्ता लगायत रहेको रक्तसञ्चार केन्द्रका मनिष गुप्ताले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार