Logo

११ कात्तिक,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कुम्हाल टोलको एक घरमा चोरी तथा लुटपाटको घटना भएको छ । घरमा कोही नभएको बेला चोर गिरोहले गरगहना तथा नगद रुपैयाँ लुटपाट गरेको पर्सा प्रहरीमा उजुरी परेको छ ।

वीरगञ्जको महानगरपालिकाको वडा नम्बर ५ कुम्हालटोल निवासी शिलबहादुर मैनालीले आफू दशैं मनाउन घरबाहिर गएको बेला कोठामा रहेको गरगहना तथा नगद लुटपाट गरिएको प्रहरीमा निवेदन दिएका छन् ।

प्रहरीमा दिइएको निवेदनमा भनिएको छ,‘म दशैं मनाउन बाहिर गएको थिए, त्यहीँ बेला मेरो घरको ढोका फोडी चोरी भएको छ । जहाँबाट करिब ६/७ तोला सुन र नगद एक लाख भन्दा बढी लुटिएको छ ।’

उनका अनुसार नगद र गरगहना सबै जोडेर करिब ८ लाखको हाराहारीमा कोठाबाट चोरी भएको छ । उनले भनेका छन्–त्यसकारण चाडो भन्दा चाँडो आश्वयक अनुसन्धान गरी कारबाही होस । प्रहरीमा मैनालीले दिएको निवेदनको आधारमा हिजै (शुक्रबार) एकजनालाई पक्राउ गरिसकेको छ ।

चोरीको घटनामा संलग्न रहेको आशंकामा पर्सा प्रहरीले हिजो साँझ एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
चोरीका घटनामा अझ केही जना संलग्न रहेको हुनाले पक्राउ परेको नाम भने गोप्य राखिएको पर्सा प्रहरीले बताएको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान चलिरहेको पर्सा प्रहरीको भनाइ छ ।
कुम्हाल टोलका मैनालीको घरमा दशैंको टिकाका दिन चोरी भएको निवेदनमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार