११ कार्तिक, बीरगञ्ज । नेसनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस (नाफ्स)ले नेपालमै रोजगारी सृजना गर्न विभिन्न क्षेत्रलाई सहकार्यको लागि आह्वान गरेको छ ।
नाफ्सका अध्यक्ष रमेश कुमार भट्टराइले एक विज्ञप्ति जारी गर्दै देशमा आफ्नो संस्थाले एक बर्षको अवधिमा ७ हजार देखि १० हजारसम्म जनालाई रोजगार दिने लक्ष्य लिएको जनाए ।
उनका अनुसार संस्थाको योजनाअनुसार पहिलो एक वर्षमा करिब दश हजार जनालाई रोजगार दिने लक्ष्य छ ।
देशमा बढ्दो बेरोजगारी समस्या समाधानका लागि यो परियोजना तयार गरिएको संस्थाका अध्यक्ष भट्टराईले बताए ।
उनले भने, ‘नेपाली जनता अहिलेको वर्तमान डरलाग्दो अवस्थाबाट दुखी र चिन्तित रहेको र आर्थिक अवस्थालाई कसरी चलायमान बनाउने तथा रोगारी श्रृजना गरी भविष्यका कर्णाधार युवाहरुलाई विदेशिनबाट रोक्ने भन्ने सबै देशभक्त नेपालीको चासो रहेकोले त्यहीँ अनुसार संस्थाले कार्यक्रमको तर्जुमा पनि गरेको छ, त्यसका लागि बित्तिय संस्थाहरु, विमा कम्पनीहरु, रोजगार सृजना गर्ने बजेट, सरकारी तथा गैरसकारी संस्था तपाइ सबैहरुलाई आह्वान छ ।’
उनले भनेका छन्–तपाईहरु सहमति जनाउनु भयो भने परियोजनाको विस्तृत डिजाइनमाथि छलफल गरिनेछ । हरेक समस्या र चुनौतीमा अवसर पनि हुने भएकोले सक्ने र सक्षम नेपालीले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्दा समस्या केही हदसम्म समाधान गर्न सकिने र वर्तमान निराशालाई आशामा बदल्न सक्ने संभावना रहेको पनि भट्टराईको भनाई छ ।