Logo

११ कात्तिक,वीरगञ्ज ।वीरगञ्जबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषधसहित कास्की पोखरा महानगरपालिका–६ का रबिन्द्र केसी पक्राउ परेका प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर स्थित वीरगञ्जबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई चेकजाँच गर्दा केसीलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीको आरोप छ ।

केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेको अवस्थामा फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल लागुऔषध बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनलाई लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको प्रवक्ता थापाले बताउनुभयो ।


सम्बन्धित समाचार