Logo

फाइल तस्बिर

११ कात्तिक,पर्सागढि । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ रामटोल स्थित बाँसघारीबाट सालको गोलिया बरामद भएको छ । लुकाई छिपाई राखेको अवस्थामा करिब १० क्युफिट सालको गोलिया बरामद गरेको हो ।

सब डिभिजन वन कार्यालय सबैया, मिलनचौक प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प बेलवाको संयुक्त टोलीले बाँसघारीमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त गोलिया बरामद गरेको जनाएको छ । बरामद काठ कसको हो, भन्ने खुल्न नसकेको मिलनचौक प्रहरी चौकीका इन्चार्ज मित्रबहादुर राईले जानकारी दिनुभयो ।

बरामद काठ सब डिभिजन वन कार्यालय सबैयामा राखिएको र काठबारे आवश्यक अनुसन्धान भइरहेको राईले बताउनुभयो ।


सम्बन्धित समाचार