Logo

१२ कार्तिक, बारा । बाराको सिमरामा शनिवार राति यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवनको जलबिरे झरनाबाट पिक्निक मनाएर बिरगंज तर्फ फर्किदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सिमरा स्थित राष्ट्रिय बाणिज्य बैंकको भवन अगाडी अनियंत्रित भएर ठोक्किदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । ५१ जना यात्रु सवार रहेको बसका ४० जना यात्रु सामान्य घाईते भएका छन् । दुर्घटनामा परी १० जना मध्यम घाईते भएका छन् । मध्यम घाईते दशजना मध्य एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बाराको सिमरामा बस अनियन्त्रित भई भएको दुर्घटनामा परेर घाईते भएकाहरुको सनाखत भएपनि मृतकको अझै सनाखत हुन सकेको छैन । चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर बिरगंज तर्फ फर्किने क्रममा शनिबार राति सिमरा स्थित राष्ट्रिय बाणिज्य बैँक अगाडि ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको थियो ।

बस दुर्घटनाबाट गम्भिर घाईते हुनेहरुमा बारा, कलैया उमनपा २० बस्ने वर्ष ४५ को विर बहादुर महतो, जिल्ला पर्सा विरगंज महानगरपालिका वडा न.ं ८ बस्ने वर्ष ३० को सुरज साह, वर्ष १८ की प्रीया गुप्ता, वर्ष १६ की मनिषा साह, वडा नं १२ बस्ने वर्ष २३ की सेजल गुरूङ, वडा नं ८ कै वर्ष ५२ को ललन चौरसिया, वर्ष २७ को राजन कुमार गुप्ता, वर्ष २८ को मोहन साह कानु, वडा नं १२ बस्ने वर्ष २७ को राजन कुमार गुप्ता रहेका छन् ।

त्यसैगरी कलैया उपमहानगरपालिका वडा नंं ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ता, वडा नं ७ बस्ने अ।वर्ष ३५ को अविनाश गुप्ता र जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ बस्ने वर्ष १९ को अनिष राई रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घाईतेहरुको टाउँको, छाती, हात, खुट्टा, अनुहार लगायतको भागमा गम्भिर चोट लागेको छ । वीरगञ्ज गहवाको टाईगर युवा क्लबले बस रिजर्भ गरेर पिकनिक मनाउँन गएको बस फर्किदै गर्दा सिमरामा मोटरसाईकललाई बचाउँने क्रममा दुर्घटनामा परेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

घाईतेहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा ५१ जना सवार थिए भने चालक फरार रहेका छन् ।


सम्बन्धित समाचार