Logo

कार्तिक १२, जनकपुर । सवारीसाधनको अत्याधिक चापले मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरमा चर्को ध्वनीका कारण प्रदुषणमा वृद्धि भएको भन्दै ठुला सवारीसाधनहरुबाट प्रेसर हर्न निकाल्ने अभियान चलाएको छ ।

यो अभियान मधेश प्रदेशका आठवटै जिल्लाको मुकाममा ध्वनि प्रदुषण नियन्त्रणका लागि ३ दिने अभियान चलाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरुले विभिन्न स्थानमा ठुला सवारी साधनहरुको प्रेसर हर्न जाँचचेक गरी कारवाही गर्दै प्रेसर हर्न निकाली सवारी चालकहरुलाई प्रेसर हर्न प्रयोग नगर्नका लागि सम्झाउने र बुझाउने गरेका छन् ।

सोही अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले समेत तीन दिने अभियानको सुरुवात गर्दै ठुला सवारीसाधनबाट प्रेसर हर्न निकाल्ने अभियान थालेको जनाएको छ ।


सम्बन्धित समाचार