Logo

कार्तिक १२, बीरगञ्ज । पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।

बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुप्तामाथि ९५ लाख ठगीको मुद्दा दर्ता छ । त्यहीँ आधारमा बिटु गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।

पक्राउ परेका बिटुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार