Logo

कार्तिक १२, बीरगञ्ज । पर्साको ठोरी गाउँपालिकाले ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानहरूमा सिसिटिभी जडान गरेको छ । क्यामरा जडानबाट सडकमा हुने दुर्घटनाको साथै शान्ति सुरक्षामा पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्भावित दुर्घटना क्षेत्रहरुमा जडान गरिएको क्यामेराले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाहरुको सत्य तथ्य पत्ता लगाउन महत्त्वपूर्ण भुमिका खेल्ने गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठको विश्वास छ । सडकमा दुर्घटना हुँदा सवारी धनी भाग्ने, पसलहरुमा चोरी हुने, अमानवीय घटनाबाट जोगाउन सिसिटिभी क्यामराले मद्दत पुग्ने बताउनुभयो ।

वडा नं।१ को सरस्वती चौकी, चौतारा, भागवान नगर, वडा नं। २ को भन्सार चौक, ईलाका प्रहरी कार्यलय, ठुठे खोला, त्यस्तै वडा नं। ३ को रामनगर, बुद्धनगर ओडार प्रहरी चौकी, बरहमा नगर, वडा नंं ४ को निर्मल बस्ती, मिलन चौक, बिशाल चौक, विजय बस्ती, यस्तै वडा नं। ५ को सुवर्णपुर चौक र बागमोर्चा पुलमा क्यामरा जडान गरिएको हो ।

अध्यक्ष श्रेष्ठले अबको केही दिनमा ठोरी गाउँपालिकाको प्रत्येक टोलटोलमा क्यामरा जडान गरिने जानकारी दिनुभयो । क्यामरामा हुने गतिविधि पालिकाबाट निगरानी गर्न सकिने र ठोरीमा रहेको प्रहरी कार्यलयले आफ्नो मोबाइलमा समेत हेर्न सक्ने गरि व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।


सम्बन्धित समाचार