Logo

१३ कार्तिक, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करिव ५ लाख मूल्य बरावरको गरगहना सहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने बर्ष ३२ को शेख मख्खु र सोही ठाउँ बस्ने बर्ष ३० को पवन यादवलाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सर्लाही हरिवन नगरपालिका वडा नं. १ जानकीनगर घर भई वीरगञ्ज महानगरपालिका वडा नंं ५ विर्तामा डेरागरी बस्दै आएका खिलबहादुर मैनालीको डेराबाट गरगहना र नगद सहित १० लाख मूल्य बरावरको सामान चोरी गरेको आरोपमा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

मैनाली दशै मनाउन स्थायी घर सर्लाही गएको बेला उनको डेरामा गत कार्तिक ८ गते राती चोरी भएको थियो । मैनाली परिवार दशै मनाएर वीरगञ्ज आउदा आफ्नो डेराको ताल्चा फुटाएर बहुमूल्य सामान चोरी भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मैनालीले आफूसँग भएको सुन चाँदीका गरगहना तथा नगद समेत अन्दाजी १० लाख मूल्य बरावरको सामान चोरी भएको भनि वडा प्रहरी कार्यालय विर्तामा उजुरी गरेका थिए । मैनालीको उजुरीको आधारमा प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले चोरीको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने पवन यादवलाई गएको १० गते पक्राउ गरेको थियो । पवन यादवको वयानको आधारमा सोही ठाउँ बस्ने शेख मख्खुलाई गएराति नियन्त्रणमा लिएको थियो ।

शेख मख्खुको साथबाट सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, चन्द्रमाको कभर(१ थान, सुन जस्तो देखिने धातुको डल्लो(१ थान, सुनबाट बनेको मंगलसुत्र(१ थान, सुनको टप(१थान, चाँदीबाट बनेको सिन्दुरको डब्बा(१ थान, चाँदीको पाउजु(२ थान, चाँदीको साँचो (१ थान, चाँदीको वाला(२ थान, पित्तलको बाला(१ थान, र १५ हजार नगद समेत बरामद गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका शेख मख्खु र पवन यादवलाई चोरी सम्वन्धी कसूरमा म्यादथप गरे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार