Logo

१३ कार्तिक, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चोरी भएका ४ थान मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १० स्थित सडक खण्डमा पार्किङ गरी राखिएको अवस्थामा मोटरसाइकलको लक तोडी चोरी गरी लगेको भनी उजुरीका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एकजनालाई चोरी भएको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २८ का अजय गोसाईलाई ४ वटा चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज १० बाट चोरी भएको भनी उजुरी परेको प्रदेश २(०३(०२२ प ९२७२ नम्बरको मोटरसाईकल चढेर हिड्न लागेको अवस्थामा प्रहरीले गोसाईलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा रहेका ना।५४ प ४७२४, ना।३६ प ९८५३ र ना ६४ प ३९०६ का गरी ४ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धना गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिनु भयो ।

चोरीको मोटरसाइकल सहित पक्राउ परेका वीरगञ्ज वडा नंं १६ का अजय गोसाईलाई चोरी कसूरको अभियोगमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार