Logo

१३ कात्तिक,वीरगञ्ज । बारा प्रहरीले बिलविजक भन्दा बढी परिमाणको गिट्टी लोड गरेको सातवटा ट्रिपर नियन्त्रण्मा लिएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा खटिएको प्रहरीको टोलीले विषेश सूचनाको आधारमा गएराति साढे आठबजे टिपरहरुलाई रोकी चेक जाँच गर्दा बिल विजक भन्दा बढी परिमाणमा रहेको गिट्टी बालुवा लोड गरेको पाईएकोले ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४ नम्बरको बालुवा लोड गरेको ट्रिपर र प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ ख ५५१४ नम्बरको बलुवा लोड गरेको टिपर नियन्त्रणमा लिएको हो ।

 


सम्बन्धित समाचार