Logo

१३ कार्तिक, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशमा नेता कार्यकर्ता विचको असन्तुष्टीको कारण भाडभैलो सुरु भएको छ । मधेस प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मतरुपमा नेतृत्वसहित सदस्यहरुपनि चयन गरी सपथ ग्रहणको तयारीमा रहेकै बेला एमालेमा भाडभैलो सुरु भएको हो ।

नेकपा एमालेबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका निर्वाचनको क्रममा सिरहा क्षेत्र नम्वर ४ (क)का प्रत्याशी उम्मेदवार प्रकाश महासेठले रकम लिएर भागेका नेतालाई संरक्षण गरेको र योग्य कार्यकर्तालाई बेवास्ता गरेको भन्दै उनले एमाले परित्यागको घोषणा गरेको हो ।

एमाले मिर्चैया नगरपालिकाका ईन्चार्ज प्रदिप महासेठले अन्तरघात गर्दै चुनावमा कार्यकर्ता परिचालन तथा प्रचारप्रसारका लागि खर्च गर्न दिएको रुपैयाँ लिएर भागेकै कारण आफू चुनाव हारेको प्रकाश महासेठले आरोप लगाए ।

प्रकाशका अनुसार प्रदिपले करिब १७ लाख रुपैयाँ लिएर भागेको उनले आरोप लगाए । उनले एमाले सिरहा पार्टी कार्यालयमा निवेदन दिएपछि पार्टीले प्रदिपलाई साढे १५ लाख रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको उनले बताए । तर अझैसम्मपनि सो रकम प्रदिपले फिर्ता नगरेको बताए ।

उनले एमाले पार्टी परित्याग गरेपनि जनताको सेवामा निरन्तरता लागि रहने बताए । तर एमाले मिर्चैया नगरपालिका कमिटीका नगर ईन्चार्ज प्रदिप महासेठले भने आफूमाथि लगाएको आरोपमा निराधार कपोकल्पित रहेको बताए ।

उनले आफु विरुद्ध प्रकाशले पार्टी कार्यालयमा उजुरी दिएको बताउँदै उनले भने, ‘उनले दिएको निवेदनको आधारमा आफुलाई पार्टीले स्पष्टिकरण सोधेको र सात भित्र लिखित जवाफ दिइसकेको बताए ।’ तर उनीसँग रकम नलिएको उनले दावी गरे ।

पार्टीले आफुलाई कुनैपनि किसिमको रकम नलिएको हुनाले फिर्ता गर्नुपर्ने कुरा नै नभएको र निर्देशनपनि पार्टीबाट आफुलाई नआएको उनले भने ।
प्रकाशले एमाले मधेश प्रदेश कमिटीमा आफुलाई नसमेटेको प्रति उनको असन्तुष्टि छ ।


सम्बन्धित समाचार