Logo

१३ कार्तिक, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशले जारी पार्टीको विशेष रुपान्तारण अभियानको समिक्षा र जिम्मेवारी सहित अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

पार्टीले शुरु गरेको विशेष रुपान्तारण अभियानको एकमहिना १५ दिनपछि कार्तिक १ गते बसेको पार्टीको मधेस प्रदेश समितिको बैठकले अभियान अवधिभरको कार्यक्रमको समिक्षा सहित नयाँ अन्तरपार्टी निर्देशन जारी गरेको हो ।

बैठकमा अभियानको नेतृत्व गरेका प्रदेशका आठवटै जिल्लाका इन्चार्जहरुले अभियानको स्थिति, कार्यसम्पादन, समस्या र सम्भावना समेतको लिखित तथा मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको प्रतिवेदनमा अभियानले पार्टी पूर्ण निर्माणमा सकारात्मक सन्देश दिएको, नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा निस्क्रिय नेता कार्यकर्तामा पार्टी प्रति विश्वास जागृत भएको पाईएको निष्कर्ष प्रतिवेदनको छ ।

माओवादी केन्द्रबाट अलग भएका र अन्य पार्टीबाट पनि पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा पनि वृद्धि भएको पार्टी संरचनाहरु भत्किएको, निष्क्रिय रहेका स्थानमा पुन निर्माण प्रक्रिया शुरु भएको र नयाँ ठाउँमा पार्टी संगठन बन्न थालेको जनवर्गीय संगठन निर्माण शुर भएको बैठकको निष्कर्ष रहेको जनाएको छ ।

त्यसैगरी पार्टीको नियमित बैठकहरु बस्न थालेको र यसलाई निरन्तरता दिई ठोस निष्कर्षमा पु¥याउन थप कार्यक्रमको अपेक्षा रहेको अपेक्षा देखिएको साथै केही नयाँ र केही पूराना समस्याहरु पनि पार्टी भित्र देखिएको र यसलाई विस्तारै समस्या समाधान गर्दै लाने निर्णय गरिएको प्रदेश इञ्चार्ज लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग आम जनताले धेरै अपेक्षा गरेको, सरकारले गरेका काम प्रति सकारात्मक संदेश फैलिएको अवस्था रहेपनि प्रदेश र स्थानीय तहमा सुशासन निकै कमजोर महशुस गरिएको जनाएको छ ।

बैठकले केन्द्रीय अध्यक्षको अनुकूल समयको संयोजन गरी आठै जिल्लाका अगुवा नेता, कार्यकर्ताहरुको प्रदेशस्तरीय प्रतिकात्मक कार्यक्रम जनकपुरमा गर्ने र त्यसका लागि अध्यक्षसँग समन्वय गरी प्रशिक्षण कार्यक्रम सकेसम्म दशैं र तिहारको बीचमा राख्ने प्रत्यने गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेशमा कार्यविभाजन समेत गरेको छ । बैठकले गरेको कार्यविभाजन अनुसार प्रचार प्रसार तथा सञ्चारको संयोजन गर्ने जिम्मेवारी स्थायी समिति सदस्य प्रल्हाद बुढाथोकी, स्थायी समिति सदस्य विश्व्नाथ साहको संयोजकत्वमा भरत साह, अजय शंकर नायक, क्षेत्र बहादुर श्रेष्ठ अनिल, युवराज भट्टराई समिर र भवानी थापालाई आर्थिक व्यावस्थापन समितिको जिम्मेवारी दिएको छ ।

त्यस्तै सांस्कृतिक मोर्चाको संयोजन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य टेक बहादुर बलम्पाकी र पार्टीको मधेस प्रदेश कार्यालयको सचिवको कामकाज गर्ने जिम्मेवारी भूपेन्द्र यादवलाई जिम्मेवारी दिईएको छ ।

विजयादशमी, तिहार, नेपाल सम्वत ११४४ तथा छठ पर्वको बीचमा अभियानको कार्यक्रममा शुभकामना आदान प्रदान, चियापान तथा औपचारिक र अनौपचारिक भेटघाट गर्ने र त्यसलाई अभियानसँगै जोड्नुपर्ने, केन्द्रीय सरकार र स्थानीय जनतासँगको कामको संयोजन प्रदेश इञ्चार्ज मार्फत गरिने, प्रदेशको प्रकाशन सम्बन्धि काम प्रदेश कार्यालय मार्फत व्यावस्थान गरिने पनि निर्णय गरेको छ ।

त्यसैगरी उत्पादन सम्बन्धी कार्ययोजना आर्थिक विभागले कार्ययोजना प्रस्तुत गर्ने, पार्टी सदस्यले अनिवार्य रुपमा बुझाउनुपर्ने लेवी तथा पार्टी सदस्यता नविकरणका बेला प्रदान गरिने पार्टी सदस्यताको परिचयपत्र वितरण गरिने, मधेस प्रदेशका अभियान सञ्चानलन गर्न पार्टीको निर्वाचिन जनप्रतिनिधि मार्फत प्रदेश कार्यालयलाई प्रदान गर्नुपर्ने तोकिएको आकस्मिक शुल्क कार्तिक मसान्त भित्र अनिवार्य रुपमा बुझाउनुपर्ने निर्देशन पनि गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार