Logo

१४ कार्तिक, वीरगञ्ज । अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका बारा कलैयाका रुपेश स्वर्णकारको मंगलबार विहान दाहसंस्कार गरिएको छ । उनको पोष्टमाटम पछि परिवारले लाश बुझेर आज विहान बाराको पसाहा नदीमा दाहसंस्कार गरिएको हो ।

बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको सोमबार दिउँसो दुईवटा मोटरसाइकलमा आएका अपराधिक समूहको गोली प्रहारबाट हत्या भएको थियो । स्वर्णकारको दाहसंस्कारमा हजारौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

स्वर्णकारको हत्याको विरोधमा बाराको कलैया बजार बन्द घोषणा भएको छ । बारा उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द भएको हो । यस्तै, बारा शैक्षिक संस्थाहरुले आज शोक मनाउने निर्णय गरेका छन् ।


सम्बन्धित समाचार