Logo

१४ कात्तिक,जनकपुर। बृहतर जनकपुर क्षेत्र विकास विकास परिषदका अध्यक्ष शितल साहले अनाहकमा कर्मचारीहरु आफु विरुद्ध लागेको दावी गरेका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले कर्मचारीहरुले आफुमाथि कपोलकल्पित आरोप लगाएको बताएका हुन् ।

उनले आफुलाई परिषदको कार्यालयमा प्रवेश निषेध गरेर कर्मचारीहरुले अतिरञ्जित रुपमा भ्रम फैलाएको बताए । उनले आफुले कुनैपनि किसिमको अनियमितता नगरेको दावी समेत गरे ।

उनले भने, ‘कर्मचारीहरुको स्वार्थपूर्ती नहुँदा मेरो चरित्र हत्या गर्ने षडयन्त्र गरेको हो ।’
उनले अघि थप्दैँ भने, ‘अध्यक्षको पद सम्हालेको करीब १५ महिना देखी नै मैले तलब, भत्ता, संचार, इन्धनलगायतका कुनै पनि सेवासुविधा तथा आर्थिक लाभ नलिई अहोरात्र परिषदकै कार्यमा खटि रहने म शितल साह माथि लगाईएको आरोपहरु निराधार हुन्, मेरो चरित्र हत्या गर्न षडयन्त्र गर्यो, मैले कुनै अपराध गरेको भए भगवान नै साक्षी छ ।’

उनले परिषदका निमित्त कार्यकारी निर्देशक मनिष झाको बेवास्ताका कारण कर्मचारीहरुले तलब तथा चाडवाड खर्च समयमा उपलब्ध नगराएको आरोप लगाए ।

उनले परिषदको इमेल आई.डी. र पासवर्ड आफ्नो अधिनमा राखेको बताए ।
परिषदमा कार्यरत रहेका कर्मचारीहरुले बडादसैँमा समेत तलबलगायतका सेवासुविधाको बाधक अध्यक्ष साह रहेको र परिषदको काममासमेत कमिसन खोज्ने आफु अनुकुल व्यक्तिलाई सेवासुविधा उपलब्ध गराउन दवाव सृजना गर्ने र परिषद्को कार्यालयको सञ्चार केन्द्र भत्काएर आसेपासेलाई सेवासुविधान दिनका लािग निरन्तर दवाव दिने गरेको भन्दै सम्बन्धी मन्त्रालयमा पत्राचार गर्दै अध्यक्ष साहलाई परिषद्को कार्यालयमा प्रवेश निषेध गरेको छ ।

परिषदका अध्यक्ष साहमाथि विभिन्न शीर्षकमा रकम हिनामिना गरेको, सरकारी सवारीको दुरुपायोग गरेकोलगायतका आरोप लगाएको छ ।
बडादसैँको अवसरमा कर्मचारीहरुलाई तलब भत्तालगायतका सेवासुविधा उपलब्ध नगराउन वाधा अवरोध सृजना गर्नमा अध्यक्ष साह नै लागिपरेको भन्दै अध्यक्ष साहलाई परिषदको कार्यालयमा प्रवेश गर्न रोक लगाएका छन् ।

 


सम्बन्धित समाचार