Logo

१४ कात्तिक,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकस्थित सडकखण्डबाट ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिलविजक भन्दा बढीका सामानहरु बोकेको ट्रक वीरगञ्जबाट झापातर्फ जाँदैै गरेको सूचनाको आधारमा रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएकोले ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताए ।

बरामद सामग्रीको मूल्यांकन ४२ लाख ३२ हजार ८२७ रुपैँया कायम गरि आवश्यक अनुसन्धानका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार