Logo

१५ कार्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं ३ मा जारी परसवा गोल्डकपको लिग चरणको खेलमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेल आज दिउँसो १ बजे बाट सेढवा र बुद्धनगर बीच हुने छ । समूह ए मा रहेको सेढवा समान ३ अंक छ भने बुद्धनगर शुन्यमा छ् ।

त्यस्तै दोस्रो खेल आज दिउँसो ३ बजेबाट बकुलिया बारा र ठोरीबीच हुने आयोजकले जनाएको छ । यसअघि हिजोको खेलमा निचुटा र मनहर्वा विजयी भएको छ । पहिलो खेलमा निचुटाले आयोजक न्यू एभरेष्ट क्लब परसवालाई शुन्यका विरुद्ध १ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै निचुटाले तीन अंक प्राप्त गरेको छ ।

त्यस्तै हिजै भएको दोस्रो खेलमा मनहर्वा, बारा बिजयी भएकोे छ । मनहर्वाले सिद्धपुरलाई सात शुन्यको विशाल गोल अन्तरले पराजित गरी तीन अंक प्राप्त गरेको हो ।


सम्बन्धित समाचार