Logo

१५ कार्तिक, वीरगञ्ज । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ। घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ।
घटेको मूल्य गएरातिबाट लागू भएको छ। यसैगरी पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ।


सम्बन्धित समाचार