Logo

१५ कात्तिक, कास्की । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी टीकाराम ढुंगानाको ज्यान गएको छ ।

कात्तिक १२ गते अन्नपूर्ण बेसक्याम्पमा गएका पर्वत मोदी घर भएका ४२ वर्षीय ढुंगानाको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्जसमेत रहेका ढुंगाना नेपाली सेनाको टोलीसँग अन्नपूर्ण आधार शिविर गएका थिए । टोलीमा ११ जना सेना र ३ जना प्रहरी गरी १४ जना थिए । टोली मंगलवार गुटेरेस फर्किएपछि हिँडेर फर्कँदै थियो ।

कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर थापाका अनुसार राति खाना खाएर सुतेका उनलाई पखाला लागेको र समस्या हुन थालेपछि उद्धारका लागि हेलिकोप्टरमा पठाइएको थियो । उनलाई मणिपाल अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार