Logo

फाइल तस्बिर

१५ कार्तिक,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकास्थित शाहिल ईन्टरप्राइजेजमा प्रहरीले छापामारी गरेको छ । वडा नं.६ स्थित सिम्रौनगढ बजारको मुख्य सडकमा उक्त ईन्टरप्राईजेजमा प्रहरीले आज छापामारी गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक रविभुषण यादवको कमाण्डमा गएको प्रहरी टोलीले पसलमा छापा हानेको थियो । छापामारी प्रहरीले अवैध रुपले राखिएको ९ वटा चिनीको बोरा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रबिभुषण यादवले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार