Logo

फाइल तस्बिर

१५ कात्तिक,सेढवा। जिराभवानी गाँउपालिका वडा नं ३ मा जारी परसवा गोल्डकपको लिग चरणको आजको पहिलो खेलमा सेढवा बिजय भएको छ ।

सेढवाले बुद्धनगरलाई शुन्यको विरुद्ध ४ गोलले पराजित गरी समूह ए का बिजेता बनेको छ । भने बुद्धनगर लिग चरणबाट बाहिरिएको छ । यस समूहका उपबिजेता पटेर्वासुगौली देकुली बनेको छ ।

सेढवाका खेलाडी ओसकर र ग्यालोरीले २÷२ गोल गरेका थिए । यस खेलमा सेढवाका जर्सी नं. १२ का बिशाल घलान म्यान अफ द म्याच घोषित हुनुभयो । घलानलाई नगद सहित ट्रफी प्रदान गरिएको छ ।

त्यस्तै आजै भएको दोस्रो खेलमा बकुलिया बारा बिजय भएको छ । बकुलियाले ठोरीलाई शुन्यको विरुद्व ३ गोलअन्तर पराजित गरी तीन अंक बटुलेका छन् ।

यस खेलमा म्यान अफ द म्याच बकुलियाका बिकी राई घोषित हुनुभएको छ । बकुलियाको लागि बिकी राईले २ र सिसम थापाले एक गोल गरेका थिए । ठोरीको हारसंगै लिग चरणबाट बाहिरिएको छ ।

डी समूहका इनरवा भारत र बकुलियाबीचको एक खेल बाकी छ । भोलीको लिग चरणको पहिलो खेल बारा–११ र निचुटाबीच हुनेछ । समूह बीमा रहेका परसवा र निचुटाको ३÷३ अंक छन् ।

भने बारा–११ अंकबिहिन रहेको छ । त्यस्तै दोस्रो खेल पकडीटोल र मनहर्वाबीच हुनेछ । समूह सीमा यी दुई टिमको अंक ३÷३ रहेको छ । र समूह बिजेताका लागि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित समाचार