Logo

१६ कात्तिक,वीरगञ्ज । बारा, पर्सा ईट्टा उद्योग व्यवसायी संघ, वीरगञ्जले कर्जाको किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । संघले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

आर्थिक संकटबाट गुज्रिरहको ईट्टा उद्योगले बैंंकबाट लिएको कर्जाको साँवा र किस्ता बुझाउने अवधि २०८२ असार मसान्तसम्म कायम गरिदिन ज्ञापनपत्र मार्फत माग गरेका हुन् । बैंक तथा वित्तीयसंस्थाहरुबाट उद्योगी व्यवसायी एवम आम सर्वसाधारणले सहज तरिकाले कर्जा नपाईरहेको, विगतमा कोभिड महामारीको असर र रेमिट्यान्समा ह्रास आउँदा प्राय भौतिक निर्माण ठप्प हुँदा विगत २/३ वर्ष अगाडीबाट उत्पादित ईटा समेत बिक्रि वितरण हुन नसकेकोले बैंकको कर्जाको किस्ता र ब्याज बुझाउने समयावधि बढाउन माग गरेका छन् ।

इट्टाको माग नहुँदा उद्योग परिसरमा नै ठूलो परिमाणमा उत्पादित ईटा स्टक रहेको व्यवसायीहरुले बताएका छन् । ईटा उद्योगी व्यवसायीहरुमा वित्तीय संकट सृजना भएको र यस्तो अवस्थामा उद्यागीहरुले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज तोकिएको भाखामा नै बुझाउन नसकेको व्यवसायीहरुले इट्टा उद्योग व्यवासायीहरुको भनाई छ ।

 


सम्बन्धित समाचार