Logo

१६ कात्तिक,वीरगञ्ज । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक÷एक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

विश्व कप खेल्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । समान दुई खेलमा ४ अङ्क भए पनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ ।


सम्बन्धित समाचार