Logo

१७ कात्तिक, वीरगञ्ज । मध्य तराईको पहिलो समुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज प्रसारण भएको १७ बर्ष पूरा भई १८ औं बर्षमा प्रवेशको अवसरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल) द्वारा सञ्चालित नारायणी एफ.एम.२०६३ साल कार्तिक ४ गते शनिबार लक्ष्मी पूजाको दिनबाट प्रसारण शुरु गरेको थियो ।

१७ औं बर्षसम्म निरन्तर साथ, सहयोग र समर्थन गर्नुहुने श्रोता, विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद सहित अभार प्रकट गर्दै एफ.एम.ले भोली शनिबार बिहान ७ बजेदेखि एफ.एम.स्टेशनको ठिक अगाडि रहेको होटल कुमु प्यालेसमा रक्तदान कार्यक्रमको आयोजना गरेको एफ.एम.का अध्यक्ष गोविन्द देवकोटाले आग्रह गर्नुभएको छ ।

रक्तदान कार्यक्रममा बढी भन्दा बढी सहभागी भई रक्तदान गरेर रगत अभावमा जीवन रक्षाका लागि छटपटी रहेका बिरामीहरुको जीवन बचाउन सहोग गरी पुण्य कमाउन पनि आग्रह गर्नुभएको छ ।

एफ.एम.ले प्रसारणको शुरुवातदेखि नै आम जनताको पीडा र समस्याहरुलाई उजागर गर्दै सम्बन्धित निकायबाट समस्या समाधान गर्न निरन्तर आवाज उठाई रहेको र कतिपय समयमा राज्यको निकायले गर्न नसकेका कामहरुमा पनि एफ.एमको सहजीकरणमा समस्याहरु समाधान गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

बारा पर्सा औद्योगिक करिडोरमा देखिएको मजदुर आन्दोलनको समस्या, समाजमा विकृतिको रुपमा फैलिएको बोक्सी प्रथा र शान्ति स्थापनाका लागि पनि धेरै कामहरु गरेको उहाँले बताउनुभयो ।

त्यस्तै कोरोना महामारीमा एफ.एम.लाई नै आईसोलेसन सेण्टर बनाएर जनतालाई निरन्तर सूचना प्रवाह गर्ने काम गरेर विश्वमा नै रेडियो सञ्चालनमा नयाँ उदारणीय काम गरेकोले पनि विश्वभरबाट रेडियोको प्रशंसा समेत भएको देवकोटाले बताउनुभयो ।


सम्बन्धित समाचार