Logo

१७ कात्तिक, वीरगञ्ज । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, सोमपाल कामी र रोहित पौडेलले एक÷एक विकेट लिए ।

यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मुहम्मद वासिमले २६, अशिन शरार्फुुले १६ र आशिफ खानले १३ रन जोडे ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।

 


सम्बन्धित समाचार