Logo

१८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निःशुल्क दिने घोषणा गरेको छ ।

नेपाल टेलिकमले आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा चालू राख्ने र सूचना आदान–प्रदानलाई निरन्तरता दिन आफ्ना सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा दिने घोषणा गरेको हो ।

यस्तै, प्रभावित क्षेत्रमा निःशुल्क सिमकार्ड उपलब्ध गराउने र नयाँ सिममा पनि निसशुल्क भ्वाइस र एसएमएस सेवा दिने पनि टेलिकमले जनाएको छ । टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमासम्पूर्ण सेवाहरु चालू नै रहेको जानकारी पनि दिएको छ ।


सम्बन्धित समाचार