Logo

१८कात्तिक,बारा । साझेदारी बन सम्बन्धि कानुनी ब्यवस्था र समुहको भुमिका बिषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया बाराको पथलैयामा सम्पन्न भएको छ ।

साझेदारी बन उपभोक्ता महासंघ मधेश प्रदेशको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका आँठवटै जिल्लाका साझेदारी बन उपभोक्ता समुहका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

साझेदारी बन सम्बन्धि कानुनी ब्यवस्थाको बिषयमा बन बिज्ञ भोला भट्टराईले प्रकाश पार्नुभएको थियो । साझेदारी बन उपभोक्ता समुहका अध्यक्षहरुले साझेदारी बनमा रहेका कानुनको बिषयमा जिज्ञासा र यसको कार्यान्वयन फितलो भएको गुनासो गरेका थिए ।

साझेदारी बन उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साझेदारी बन उपभोक्ता महासंघका संस्थापक अध्यक्ष रामरुप प्रसाद कुर्मी ,गढीमाई साझेदारी बन पथलैयाका अध्यक्ष रामएकवाल प्रसाद साह तेली लगायतको सहभागिता रहेको थियो ।

साझेदारी बन उपभोक्ता महासंघ मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हलखोरिया साझेदारी बन डुमरबानाका अध्यक्ष बिकल्प भट्टराईले गरेका थिए ।

 


सम्बन्धित समाचार