Logo

१९ कार्तिक, वीरगञ्ज । नारायणी एफएम १०३.८ मेगाहर्जले वीरगञ्जस्थित आशा किरण केन्द्रमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।

नारायणी एफएम १०३.८ मेगाहर्ज १७ वर्ष पूरा गरि १८ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन केन्द्रका बालबालिकालाई खाद्यान्न वितरण गरिएको हो ।

सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोबिन्द देवकोटाले ११ हजार मूल्य बराबरका खाद्यान्न सामानहरु वितरण गरिएको जानकारी दिनुभयो ।

बालबालिकाका लागि भुजिया, जुस, चकलेट, बिस्कुट, दुधको पाउडर, च्याबनप्रास लगायतका सामान वितरण गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।

केन्द्रमा फरक क्षमता भएका २४ जना बालबालिकाहरुलाई केहि राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको अध्यक्ष देवकोटाको भनाइ छ ।

सामुदायिक रेडियो नारायणी एफएमका पूर्व अध्यक्ष एंव पूर्व मेयर विजय कुमार सरावगीको विशेष उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो । उक्त कार्यक्रमा संस्थाका सचिव अरविन्द कुमार सिंह, सदस्यहरु नुतन सरावगी, अफसना खातुन, नेहा अग्रवाल, सञ्जय अग्रवालको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार