Logo

१९ कार्तिक, वीरगञ्ज । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसार्ई आइतबार दिउँसो साइबर ब्यूरोमा पुगेर बयान दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत शीर्ष नेताको चरित्र हत्या गर्नेगरी अभिव्यक्ति दिएको बारे सोधपुछ गरिएको हो।

प्रसाईले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमामा दिएको विवादास्पद अभिव्यक्तिपछि प्रहरीले छलफलका लागि बोलाएको थियो। प्रहरीले पटक पटक बोलाउँदा समेत नआएपछि पक्राउ गर्ने तयारी गरेको अवस्थामा प्रसाईं आफैं आज साइबर ब्यूरोको कार्यालय पुगेका थिए।

प्रसाईंले केही महिना अघिदेखि सामाजिक सदभावमा दखल पुराउने खालका अभिव्यक्ति दिदै आएका थिए । सोही अभिव्यक्तिपछि उनलाई काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदा मोसो समेत छ्यापिएको थियो।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूप्रति आक्रमक अभिव्यक्ति दिँदै हिँडेका प्रसाई मंसिर अन्तिम सातादेखि बैंकहरूविरुद्ध आन्दोलनमा उत्रने बताउँदै आएका छन्।

उनका गतिविधिले वित्तिय अराजकता देखिन थालेको भन्दै बैक तथा वित्तिय क्षेत्रका लगानी कर्ताहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेपालका विभिन्न बाणिज्य बैंकसँग लिएको ऋणको साँवा र व्याज लामो समय देखि नतिरेको आरोप लाग्दै आएको छ ।


सम्बन्धित समाचार