Logo

२०कात्तिक,पोखरिया । अपहरणमा परेका पर्साको कालिकामाई गाउँपालिका ४ पशुरामपुर निवासी ७५ वर्षिय नथुनी साह कलवारको उद्दार गरिएको छ ।

बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट कलवारलाई अपहरणमुक्त गरिएको हो । ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले भेलाही थानाको समन्वयमा कलवारलाई सकुशल उद्दार गरि ल्याएको हो ।

आईतबार साँझ वीरगञ्जबाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले कलवारलाई अपहरण गरि भारतको भेलाहीमा रहेको बिनोद वर्णवालको घरमा राखिएको थियो ।

प्रहरीको विशेष सुचनाको आधारमा उनलाई उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कलवारलाई परिवारको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार