Logo

२० कात्तिक ,जनकपुर । मधेश प्रदेश सरकारले डोकेको सर्वदलीय बैठकबाट प्रहरी समायोजनलगायत विभिन्न मागहरु १५ दिनभित्रमा पुरा नभएमा अनसनमा बस्ने चेतावनी दिएका छन् ।

सोमबार जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको बैठकबाट भएको निर्णयको संक्षिप्तमा जानकारी गराउँद गृह, सञ्चार तथा कानूनमन्त्री मोहम्मद समिमले प्रदेश प्रहरी समायोजन, निजामति कर्मचारी, गुठी र वनका लागि बनेको विभिन्न कानूनहरु कार्यान्वयन तथा हस्तान्तरणका लागि प्रधानमन्तत्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको बताएका हुन् ।

मधेश प्रदेशसभामा उपस्थिती रहेका संसदीय दलका नेताहरु र मधेश प्रदेशका मन्त्रीहरुको उपस्थितीमा बैठक भएको भन्दै मन्त्री समिरले धरापमा रहेका संघीयतालाई जोगाउनका लागि प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने र १५ दिनभित्रमा हाम्रो माग पुरा नभएमा अनसनमा बस्ने चेतावनी दिएका हुन् ।

उनले हाम्रा मागहरु पुरा नहुञ्जेलसम्म काठमाडौँमै अनसनमा बस्नेछौँ । माग पुरा नहुञ्जेलसम्ममा काठमाडौँमा बस्ने उनले प्रस्ट पारे ।
मन्त्री समिमले भने, ‘संघीयतामा धरापमा छ, संघीय जोगाउनलाई प्रहरी समायोजन जति चाडो हुनुपर्ने हाम्रो माग हो, यसमा सबै दल सहमत छन्, पर्सी अर्थात बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर विस्तृतरुपमा जानकारी गराइनेछ । तत्कालका लागि यति मात्र सार्वजनिक गरेका छौँ ।’

उनले अघि थप्दैँ भने, ‘शुक्रबार काठमाडौँ जान्छौ, प्रधानमन्त्रीलाई प्रेस विज्ञप्ति दिएर प्रहरी समायोजन, निजामति कर्मचारी, गुठी र वनसम्बन्धी बनेका कानूनहरु कार्यान्वयन गर्दै प्रदेशमा हस्तान्तरण गर्नुपर्ने हाम्रा मागहरु रहेका छन्, यी मागहरु तत्काल पुरा गर्नका लागि दुई सातासम्म समय अवधि दिने छौँ र माग पुरा नभएमा हामी अनसनमा बस्छौँ । हाम्रो माग पुरा नहुञ्जेलसम्म हामी काठमाडौँबाट फर्किदैनौँ ।’

 


सम्बन्धित समाचार