Logo

कार्तिक २०,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाबाट प्रहरीले लागुऔषध खैरो हेरोईन र नाईट्रोभट ट्याब्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले भारतको बिहार राज्य नकरादेहा बस्ने २७ वर्षीय भुलावन पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ३१ वर्षीय सन्तोष महतोलाई नियन्त्रणमा लिएको जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ इनरुवामा शंकाष्पद रुपले हिडिँरहेका पटेल र महतोलाई रोकी चेकजाँच गरेको थियो । सोही क्रममा उनीहरुको साथबाट ४९।५२० मिलिग्राम खैरो हेरोईन र नाईट्रोभेट ९ सय ट्याब्लेट सहित पक्राउ गरिएको पर्साका डिएसपी एवम् प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धि कसुरमा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार