Logo

२१ कात्तिक,वीरगञ्ज । प्रहरीले प्रतिबन्धित लागुऔषध सहित वीरगञ्ज १६ रजतजयन्ती चोकबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुर जिल्ला मनिहारी गाउँपालिका वडा नं ६ बस्ने ४० वर्षीय कृष्ण बहादुर राईलाई पक्राउ गरेको हो ।

आज मध्यान्ह १२ बजे भारतबाट वीरगञ्जतर्फ शंकास्पदरुपले पैदल हिडिँरहेका राईलाई लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो । सोही क्रममा कालो प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागुऔषध भेटिएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उनको साथबाट लागुऔषध नाईट्राभेट ३५ पत्तामा ५ सय २५ वटा ट्याब्लेट बरामद गरिएको प्रहरीको दाबी छ । पक्राउ परेका राईविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता थापाले बताए ।


सम्बन्धित समाचार