Logo

२१ कात्तिक,वीरगञ्ज । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिहारलगत्तै अघि बढ्ने भएको छ ।

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो।

बागमती प्रदेश सरकारको ७० प्रतिशत तथा भरतपुर महानगरपालिकाको ३० प्रतिशशत लगानीमा रंगशाला निर्माण गर्ने सहमती भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

मंगलबार बागमती प्रदेश सरकार भरतपुर महानगरपालिकाले उक्त रंगशालालाई निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी स्वरुप बसेको बैठकले सहमतीमा हस्ताक्षर गरेका हुन्।

प्रदेश सरकारले चालु आर्थिक बर्षमा उक्त रंगशाला निर्माणको लागि ५ करोड रुपैंया बजेट छुट्याएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले जानकारी दिए।

यस अघि रंगशाला निर्माणका लागि ५७ करोड रुपैंया बरावरको काम सम्पन्न भैसकेको छ।

उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ।

सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने बताइएको छ।

महानगरपालिकाले तयार पारेको लागत प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार