Logo

२१ कात्तिक,वीरगञ्ज ।जारी प्रथम वीरगञ्ज गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब,सेमिफाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जको आदर्शनगर रंगशालामा मंगलबार भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबले झापा एफ.सी.लाई २–० गोलले पराजित गरेको हो ।
खेल सुरु भएको ७ औं मिनेटमा नीरज कुमार शाहले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

आर्मीले पाएको कर्नर किक्मा झपाको पेनाल्टी एरिया नजिकैबाट होड गर्दै बललाई गोलपोष्टको जाली चुमाउन उनि सफल भएका थिए ।
पहिलो हाफ १–० मा सकिएको खेलको ६१ औं मिनेटमा आर्मीकै फत्तेमान घलेले थप एक गोल गर्दै आफनो टिमको अग्रता दोब्बर पारेका थिए ।घलेले डिबक्स एरिया बाहिरबाटै गरेको सुन्दर प्रहारले झापाको गोलपोटको जाली चुमेको थियो ।

त्यसको तीन मिनेट बित्न नपाउँदै झापाका प्रदीप बुढाथोकीले आर्मीविरुद्ध सात्वना गोल गर्ने अवसर गुमाएका थिए । त्रिभुवन आर्मीका रक्षापंक्तीलाई छल्दै पेनाल्टी एरिया भित्रैबाट बुढाथोकीले हानेको बल गोलपपोष्ट बाहिर गएको थियो ।

खेलको ७१ औं मिनेटमा आर्मीका दिशान्त राइले झापाको गोलपोष्टमा हानेको सशक्त प्रहारलाई झापाका गोलरक्षक अनिष देउलाले उत्कृष्ट बचाउदै गर्दै विफल तुल्याइदिएका थिए ।

मंगलबार भएको खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका लागि दोस्रो गोल गरेका भले घोषित भए।त्यसबापत उनले १० हजार रुपैयाँ पुरस्कारपनि प्राप्त गरे।

मंगलबारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंको सामना गर्नेछ ।संकटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा बुधबार हुने पहिलो सेमिफाइनल खेलमा भने आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज र नेपाल पुलिस क्लब बिच हुने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगञ्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रेस संयोजक यादवले जानकारी दिए ।


सम्बन्धित समाचार