Logo

२१ कात्तिक,रतनपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर–११ रतनपुरमा जारी वडा अध्यक्ष गोल्डकप प्रतियोगिता अन्तरगत मंगलवार भएको खेलमा चपुर गैडाटार–८, रौतहटले आयोजक रतनपुर “वि“ लाई ४–० ले पराजित गरेको छ ।

रौतहटकोलागि कारण श्रेष्ठले १३औं मिनेटमा १ गोल गरेका थिए । त्यस्तैगरि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ओम धामीले ४८औं मिनेटमा १ गोल गरेर खेललाई दोब्बर बनाएको थिए ।

धामीले ६२औं मिनेटमा पुनः गोल गर्दै ३ गोलको अग्रता दिलाएका थिए । खेलको अन्तिम समयमा रौतहटलाई राजु पहारीले गोल गर्दै टोलीलाई ४ गोलको अन्तरले विजयी भएको हो ।

आयोजक “वि“ टीमले रौतहटलाई निजगढ–१३ डम्बरपुर फ्याफुल्ला नकाउट प्रतियोगितामा १ गोलले पाखालगाउदै रतनपुर “वि“ टीम सेमिफाइनलमा छिरेका थिए । त्यसैको विरुद्धमा रौतहटले यो पटकको गोल्डकपमा ४ गोल हार चखाएको हो ।

खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति“ भन्ने नाराका साथ आयोजना गरेको सो खेल नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको खेलमैदानमा भएको हो । यो संगै रौतहटले फाइनलकालागी विरगंज युनाइटेड संग प्रतिस्पर्धा गर्ने छ ।

सो खेलको प्ले अफ द म्याच रौतहटको ओम धामी घोषित भएको छ । घोषित धामीएलाई निजगढ नगरपालिका वडा नम्बर ११ का पुर्व वडा अध्यक्ष प्रेमबहादुर रुम्बाले ट्राफिसहित नगद एक हजार हस्तान्तरण गरेका थिए । त्यस्तै कार्तिक २२ गते वुधवार दिनको २ बजे योङ्ग स्टार फुटबल क्लब निजगढ–१० लाल र आयोजक “ए“ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार